कर्णाली : उद्योग मन्त्रालयद्वारा साढे ६ करोडभन्दा बढी राजस्व संकलन

कर्णाली : उद्योग मन्त्रालयद्वारा साढे ६ करोडभन्दा बढी राजस्व संकलन

मन्त्रालयले गत आर्थिक वर्षमा ६ करोड ७० लाख २९ हजार ६ सय ५३ रूपैयाँ राजस्व उठाएको हो, जसमा उद्योग तथा वाणिज्यतर्फ तीन करोड १८ लाख ५७ हजार आठ सय २५ रूपैयाँ र वन तथा जडीबुटीतर्फ तीन करोड ५१ लाख ७१ हजार आठ सय २८ रूपैयाँ छ। 

उद्योग तथा वाणिज्यतर्फ हुम्लाबाट २७ लाख ३० हजार पाँच सय ८५, जुम्लाबाट २० लाख ८८ हजार सात सय ७५ र डोल्पाबाट २१ लाख २४ हजार सात सय ८० रूपैयाँ राजस्व उठाएको छ। 

त्यस्तै, मुगुबाट ११ लाख पाँच हजार तीन सय ९५, कालिकोटबाट २६ लाख २१ हजार सात सय ९०, दैलेखबाट २५ लाख ९० हजार आठ सय पाँच, जाजरकोटबाट २९ लाख ५२ हजार चार सय ५५, रुकुम पश्चिमबाट २० लाख १० हजार ६ सय ४०,  सल्यानबाट २६ लाख ८२ हजार सात सय ५० र सुर्खेतबाट एक करोड ९५ लाख नौ हजार आठ सय ५० रूपैयाँ राजस्व संकलन भएको मन्त्रालयको तथ्यांक छ। 

मन्त्रालयले वन तथा जडीबुटीतर्फ हुम्लाबाट ३५ लाख नौ हजार ६ सय ८६, जुम्लाबाट ३२ लाख पाँच हजार पाँच सय ७१,  डोल्पाबाट ४९ लाख ३५ हजार नौ सय ६५ र मुगुबाट ३१ लाख ९८ हजार चारसय १३ रूपैयाँ राजस्व संकलन भएको छ। 

त्यस्तै, कालिकोटबाट १२ लाख ८८ हजार पाँच सय ८०, दैलेखबाट १० लाख एक हजार एक सय ३३, जाजरकोटबाट ६४ लाख ५९ हजार ६ सय ६७, रुकुम पश्चिमबाट १३ लाख ३३ हजार ६ सय ७६, सल्यानबाट ४९ लाख २५ हजार ६ सय ९६ र सुर्खेतबाट ५३ लाख १३ हजार चार सय २९ रूपैयाँ राजस्व उठाएको मन्त्रालयले जनाएको छ।
 

असोज ११, २०७७ आइतबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।