त्रिविले दशैं अघि परीक्षा तालीका सार्वजनिक गर्ने
मंगलबार त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वयन परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको वैठकले छठ (मंसिर ५ गते) लगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न सम्वन्धित कार्यालयलाई निर्देशन दिएको हो
विद्यार्थीलाई पायक पर्ने तरीकाले परीक्षा दिने व्यवस्था मिलाउने त्रिविको तयारी छ।
त्रिविले विद्यार्थी थोरै विषय भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नसक्ने जनाएको छ।
त्रिविले जनस्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा लिने व्यवस्था गर्ने छ। परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिने छन्। अब विद्यार्थीले भौतिकरुपमा उपस्थित भएर परीक्षा दिनेछन् ।
केही विश्वविद्यालयले खुला किताब (ओपन बुक) गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन्।
आगामी माघसम्म सबै परीक्षा सक्ने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए।
गत चैतदेखि त्रिविले सञ्चालन गर्ने सबै परीक्षा स्थगित भएका छन्।
असोज ८, २०७७ बिहीबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।