कक्षा ११ मा भर्नाको आधार परिमार्जन
राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्को हालै बसेको बैठकले कक्षा ११ मा भर्नाको आधार परिवर्तन गर्दै नयाँ व्यवस्था गर्ने निर्णय गरेको हो।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम ‘डी प्लस’ नल्याउने विद्यार्थी पनि कक्षा ११ मा भर्ना हुन पाउने गरी नयाँ प्रावधान बनाएको छ।
परिषद्को बसेको बैठकले एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।
केन्द्रले सूचना जारी गर्दै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्का निर्णय अनुसार संशोधन भएकाले सोहीअनुसार गर्नुगराउनु सम्बद्ध निकायलाई निर्देशन दिएको छ।
साधारण शिक्षातर्पm कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट (जिपिए) १.६ ( एक दशमलव छ) प्राप्त गरी कक्षा १० मा पढेका अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने नयाँ नियम रहेको छ।
कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषयवाहेक अन्य विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट (जिपिए) १.६ प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।
यस्तै परिषद्बाट विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन र अक्षराङ्कन पद्धतिका बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्न परिषद् सदस्य एवम् राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको अध्यक्षतामा एक समिति गठन भएको छ।
असोज ७, २०७७ बुधबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।