नागपुजेका पहिरो पीडितलाई खाद्यान्न सहयोग
गत भदौ २८ गते राति गएको पहिरामा परेर १६ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।
सिन्धुपाल्चोक: बाह्रबिसे नगरपालिका स्थित नागपुजेका गएको पहिरोमा परी पिडित बनेका परिवारलाई खाधान्न सहयोग गरिएको छ। पहिरो पीडितलाई राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न सामग्री सहयोग गरेको हो।
संघले शनिवार १ सय ८९ परिवार पीडितलाई चामल, तेल र दाललयागत खाद्यान्न सामग्री सहयोग गरेको हो। नागपुजेका गत भदौ २८ गते राति गएको पहिरो गएको थियो । पहिरोमा परी १६ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।
संघले पुर्ण रुपमा क्षति पुगेका घरलाई जस्तापाता समेत सहयोग गर्ने योजना रहेको संघका नेता दिपशिखा सापकोटा र बचन सिंहले जानकारी दिएका छन।
सहयोगका लागि संघका संयोजक रामप्रसाद सापकोटा, दिपशिखा,बचन सिंह,अमित लामा, प्रकाश गौतम, काभ्रेका युवा नेता सागर रायमाझी लगायतका यूवा नेताहरु नागपुजेमा पुगेका थिए।
असोज ४, २०७७ आइतबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।