सरकारी स्कुल सुधारको कथा
सरकारी स्कुलका विर्धाथीको भविष्य शिक्षकको बदमाशी र अल्छि बन्दा कसरी बरवाद हुन्छ भन्ने विषय छ। यतिवेला हामीले हाम्रै गाँउघरका स्कुल सम्झन पुग्छोँ। अनि दाह्रा किटेर सम्झन मन लाग्छ विषयका ज्ञान नभएका र जागिर मात्र खान आएका शिक्षकले हामीलाई के दिए?
काठमाडौंः केही दिनदेखि नेपालको युट्युव टे«न्डिङमा लगातार उकालो लागिरहेको एउटा भारतीय फिल्म छ ‘म्याडम गिता रानी’। हेर्ने प्लान बनेपनि समयले साथ दिईरहेको थिएन। साईत जु¥यो शुक्रवार। अनि मनाईयो ह्याप्पी फ्राईडे’। लेख तयार पार्दा सम्म ३२ मिलियन बढीले हेरीसकेका छन यो फिल्म। यतिवेला नेपालको २ नम्वर ट्रेन्डिङमा छ। आखिर के छ त यो फिल्ममा?
त्यस्तो केही छैन ।कथा सामान्य सामाजिक विषयबस्तुमा बनेको छ । एकजना महिलाले प्रिन्सिपल बनेर सरकारी स्कुललाई सुधारेका कथा यसमा छ। समाज र सँस्कृतिबाट नजिक रहेको छिमेकी मुलुक भारतको यो कथाले नेपालका सरकारी स्कुलको पनि सहजै प्रतिनिधित्व गर्छ।
सरकारी स्कुल पढेर आएकाहरुले कथामा आफैलाई पाँउछन। कथा आफ्नै लाग्छ। दक्षिण भारतको तामिलनाडु राज्यको बुदुर गाँउको यो कथामा भारतीय समाज र सँस्कृतिलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ। कथा भारतीय सेनाको काविल अफिसरको जागिर छाडेर दुरदराज गाँउमा प्रिन्सिपल बनेर गएकी गिता रानीको वरिपरी घुम्छ।
पिछडिएको समाज र राजनितीको चपेटामा रहेको सरकारी स्कुलमा गिता रानीले पहिलो दिनबाटै सुधारको प्रयास थाल्छिन। यसक्रममा उनले भोग्नुपरेको राजनितिक दवाव,विर्धाथीको भविष्यमा पर्ने प्रभाव,निजी स्कुललाई बलियो बनाउन कसरी सरकारी स्कुललाई कमजोर बनाईन्छन भन्ने प्रसस्त प्रमाण र सहकर्मी शिक्षकबाटै भएका असहयोगलाई देखाईएको छ। सबैको टाउको दुखाई बन्न पुगेकी गिताले परिस्थितिलाई कसरी झेल्छिन र देशकै एक नम्वर स्कुल बनाँउछिन भन्ने कथा सलल बगेको छ।
फिल्ममा दक्षिण भारतबारे समेत जानकार यो पंतिकारले आफ्नै स्कुले जीवन पायो। समग्रमा यो एक महिलाको साहसको कथा हो। मजदुर,अपराधी र निराश मात्र बन्न सिकाउने शिक्षामा व्यावहारिक र प्रतिभा पहिचान गरेर कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने देखाईएको छ।
सरकारी र निजी स्कुल बिचको स्पष्ट विभेदलाई जिवन्त रुपमा देखाएको छ। सरकारी स्कुलका विर्धाथीको भविष्य शिक्षकको बदमाशी र अल्छि बन्दा कसरी बरवाद हुन्छ भन्ने विषय छ। यतिवेला हामीले हाम्रै गाँउघरका स्कुल सम्झन पुग्छोँ। अनि दाह्रा किटेर सम्झन मन लाग्छ विषयका ज्ञान नभएका र जागिर मात्र खान आएका शिक्षकले हामीलाई के दिए? विर्धाथीसँग नजिक भएर र प्रतिभालाई चिन्न नसक्ने शिक्षकका कारण हामीले पनि आफ्नो जीन्दगी बर्बाद पारेछौँ कि भन्ने आभाष पनि यसले दिन्छ।
आफ्नै छोराछोरीलाई निजीमा पढाउने शिक्षक, राजनितिक दलमा आवद्ध नभई स्वतन्त्र रुपमा काम गर्नृको कठिनाई,कमिशनको खेल,विर्धाथी र शिक्षकबिचको दुरीलाई पनि स्पष्ट पारेका छ। शिक्षक देख्दा भगाभाग हुने र कुट्छन मात्र भन्न बाल मानसिकताले विर्धाथीको सिकाई र भविष्य निर्धारण हुने कुरालाई देखाईएको छ।अनि एउटा विधालयले कसरी समाज र देशको भविष्यलाई बोकेको हुन्छ भन्ने पनि यसले सिकाँउछ।
शिक्षकलाई नै जिम्मेवार बनाएर र शिक्षकको नकारात्मक कुरालाई पनि सकारात्कम कामका लागि उपयोग गर्नसक्ने क्षमता, नेतृत्व शैलीलाई पनि कथाले शसक्त बनाएको छ। ‘खुसी खुसी हर चिज सिकेङ्गे,साथमे सिकेङ्गे,हिम्मतसे सिकेंगे,दुनियाँको देखाऐंगे’ भन्ने संकल्पले सुरु भएको सुधारले कमजोर सकुलको सुधार सम्भव छ भन्ने महसुस गराँउछ।
कथाले बाल मनोविज्ञानलाई सहजै बुझेर प्रतिभा पहिचान गर्ने र प्रोत्साहन गरेको छ। जहाँ सानो वालकले समेत उनलाई प्रेम र विवाहको लागि हात माग्ने आँट गर्छ। यसले कथामा रोमाञ्चकता थपेको छ।
फिल्मको अन्त्यमा सस्पेन्स राखिएको हुन्छ। जसले गितारानी कसरी त्यही स्कुलको प्रिन्सिपल बनेर आईन भन्ने रहस्य खोल्छ। जहाँ जोडिएको उनको प्रेमकहानीले भावुक बनाँउछ। अनि बाबुको निधनमा कठोर बन्न खोज्दा पनि झरेको लुकाउन खोजिएको आँशुले स्त्रीशुलभ व्यवहारलाई जिवन्त देखाउँछ भने कथालाई अझै सान्दर्भिक बनाएको छ।
फिल्मको अन्त्यमा गितारानीलाई कानूनी झमेलामा पारेर कमजोर पार्न खोजिन्छ। तर,लक्ष्यमा अडिग गिताको पक्षमा सबै विर्धाथी,शिक्षक र समाज आईसकेको हुन्छ। अन्तयमा उनको मेहनतले विधालयले ल्याएको परिणाम र परिवर्तनका कारण उनी कानूनी झमेलाबाट समेत मुक्त हुन्छिन। फिल्मको कमजोरीका रुपमा कानूनी पक्षलाई भावनासँग जोडिएको छ। जुन असम्भवप्राय हुन्छ।
असोज ३, २०७७ शनिबार १२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।