शिक्षा सचिवमा गोपीनाथ मैनाली
शिक्षा मन्त्रालयमा सचिव पद विगत चार महिनादेखि रीक्त थियो ।
काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवमा गोपीनाथ मैनाली आएका छन् । महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनालीलाई सरकारले शिक्षा सचिवका रुपमा सरुवा गरेको हो । शिक्षा मन्त्रालयमा सचिव पद विगत चार महिनादेखि रीक्त थियो ।
तत्कालिन सचिव महेश दाहालले उमेर हदका कारण गत बैशाखमा अवकास पाएका थिए । २०५३ सालमा उपसचिवमा बढुवा भए पछि मैनालीले शिक्षा मन्त्रालयको मुख्य लेखा नियन्त्रकका रुपमा झण्डै २ बर्ष काम गरेका थिए ।
केहि समय विज्ञान सचिव डा.सञ्जय शर्माले निमित्त शिक्षा सचिवको जिम्मेवारी सम्हाले ।
असोज ३, २०७७ शनिबार ०९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।