७१.१ प्रतिशत संक्रमित घर फर्किए, अब सकृय संक्रमित १७,३८३ मात्रै

७१.१ प्रतिशत संक्रमित घर फर्किए, अब सकृय संक्रमित १७,३८३ मात्रै

असोज १ र २ गते मात्रै दुइ हजार एक सय १४ जना डिस्चार्ज भएका छन् ।

काठमाडौंः कोरोना भाइरस संक्रमितहरु निको हुने दर बढेको छ । संक्रमीत मध्ये हालसम्म ४३ हजार आठ सय २० जना निको भएर घर फर्किएका छन् । कुल संक्रमित मध्ये ७१.१ प्रतिशत निको भएका छन् ।

हाल देशभर सकृय संक्रमितको संख्या १७ हजार तिन सय ८३ जना रहेको छ । 


गत जेठमा नौ सय ३९, असारमा नौ हजार नौ सय ८४, साउनमा ६ हजार ८६ र भदौमा २४ हजार २४ हजार दुई सय ११ संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । असोज १ र २ गते मात्रै दुइ हजार एक सय १४ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर एक सय ७३ जना आइसीयु र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् । 


 

असोज ३, २०७७ शनिबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।