अनशनरत डा. केसी संक्रमणको खतरामा

अनशनरत डा. केसी संक्रमणको खतरामा

सुर्खेत : जुम्लामा अनसनरत् डाक्टर गोविन्द केसीमा संक्रमण खतरा देखिएको छ।

अनशनको पाचौं दिनमा डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदैआएपछि संक्रमण खतरा बढेको हो। 

उनले रगतमा चीनीको मात्रालगायत अन्य जाँचगर्न नमानेकोले थप जटिल समस्या भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रवीण कुमार गिरीले बताए। 

‘डा.केसीले रगतमा चीनीको मात्रालगायत अन्यजाँच गर्न मान्नु भएको छैन’उनले भने,‘रगतमा चीनीको मात्रा अति न्यूनभई मुख्य अंगहरुमा जटिल समस्या देखिन सक्ने सम्भावना छ।’

गिरीकाका अनुसार डा. केसीले नशाबाट सलाईन लिन र अस्पताल जान समेत मानेका छैनन्।  डा. केसीमा ‘इलेक्ट्रोलाइटिस’ तथा ‘एसिड बेस व्यालेन्स’मा गडबडी भई प्रमुख अंगहरुमा समस्या देखिन सक्ने डा. गिरीले जनाए। 

उनकाअनुसार डा. केसीमा कमजोरी, चक्कर लागेर मुटुको चाल बढेको छ भने मांसपेसीहरु बाउडिने समस्या भैरहेको छ।  त्यस्तै, छाती दुख्ने, स्वाँस फेर्न गाह्रो हुने, पिसाबमा कमीहुनुका साथै प्रेसर कम भईरहेको डा. गिरीले बताए। 

डा. केसीलाई २४ घण्टा नियमित मोनिटर गर्न सकिने ठाउँमा यथाशिघ्र स्नानान्तर गर्नुपर्ने चिकित्सकको सुझाव छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागिप्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन्।

सरकारसँग २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग केसीको छ।

डाक्टर केसी जुम्लाको बाविरामष्टो मन्दिरमा भदौं २९ गतेदेखि सत्याग्रहमा बसेका छन्।

उनले मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए। तर, प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन्।
 

असोज २, २०७७ शुक्रबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।