जनकपुरमा आइपुग्यो रेल (फोटो फिचर)
जनकपुरधाम : ६ वर्ष पछि जनपुरमा पुनः रेल आइपुगेको छ।
जनकपुर–जयनगर रूटमा चल्ने रेल शुक्रबार अपराह्न जनकपुर आइपुगेको हो।
भारतको कोंकन रेल्वे कर्पोरेसनसँग खरिद गरिएको रेल परीक्षणको रुपमा नेपाल ल्याइएको हो। रेल छिट्टै भारत फर्किने छ। नियतिम सञ्चालनमा नआउँदासम्म रेल जयनगरस्थित स्टेसनमै रहने छ।
जनकपुर–जयनगर २९ किलोमिटर रेलसेवा ०७१ माघदेखि बन्द भएको थियो। रेल आउने भने पछि जनकपुरधामको रेल्वे स्टेशनमा शुक्रबार विहानै देखि स्थानीएको निकै चहलपहल थियो।
रेल हेर्न जम्मा भएको भीड नियन्त्रण गर्न प्रहरी परिचलान गर्नु परेको थियो। जनकपुरधाममा मंसिरवाट रेल चलाउने तयारी छ।
भारतको जयनगरबाट दैनिक जनकपुरधामको कुर्थासम्म रेल चल्ने छ। रेल नेपाली राष्ट्रिय झण्डाको रंगको छ।
असोज २, २०७७ शुक्रबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।