राष्ट्रकविको संझनामा ‘उनको प्रीति’
२०६० सालमा संगीतकार नारायण रायमाझीले संगीत गरेर पहिलो पटक उक्त गीत रेकर्ड गराएका थिए।
गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उनकै सम्झनामा केहि फरक शैलीमा पुनः रेकर्ड गरेर बजारमा ल्याएका छन्।
गीतका बारेमा राष्ट्रकवि घिमिरेले रायमाझीलाई सोधेका थिए, ‘प्रेम गरिन्छ कि हुन्छ ?’ रायमाझी घिमिरेले सोधेको प्रश्नको जवाफ फर्काउन भन्दा पनि मुस्कुराइरहे।
उनको मुस्कुहट हाँसो हेदै घिमिरेले भने,‘संगीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ त्यसैले यो गीत तपाईलाई दिँदै छु।’
संगीतकार रायमाझीले आफ्नो संगीतमा पहिलो पटक २०६० सालमा जगदिश समाल र सपना श्रीलाई गाउन लगाएका थिए।
जुन गीत अहिले पनि उतिकै मात्रामा चर्चा छ। यहि गीतलाई रायमाझीले हालै नेपाल आइडलबाट उदाएका नव गायक प्रविन वेडवाल र रचना रिमाललाई पुनः गाउन लगाएका छन्।
जुन गीत अहिले सर्वाधिक चर्चामा रहेको छ। रिमा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका छन्।
संगीत संयोजन बीबी अनुरागीले गरेका छन् भने मिक्सिङ श्याम श्वेत रसाईलीले गरेका छन्।
रिमा इन्टरटेनमेन्टको स्टुडियोमा लाईभ रेकर्डिङ गरिएको यस गीतमा अन्य कलाकारहरु उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन्।
असोज १, २०७७ बिहीबार १९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।