वाह ! लोभलाग्दो ‘बाहुबली’ झरना

वाह ! लोभलाग्दो ‘बाहुबली’ झरना

काभ्रेपलाञ्चोकः हिजोसम्म तिनधारे छाँगोको रुपमा मात्र चिनिन्थ्यो तीनधारे झरना। तर,आजकाल यसको परिचय ‘बाहुबली झरना’ को रुपमा फेरीएको छ। बलिउड चलचित्र ‘बाहुबली’मा देखाईएको झरनासँग तुलना गरिएसँगै रोशी गाँउपालिका–२ काफलडाँडा स्थित तीनधारे झरनाको चर्चा एकाएक चुलिएको छ। यसअघि गुमनाम झरना हेर्न कोरोना कहरलाई बेवास्था गर्दै दैनिक हजारौँ मानिस आउजाउ गर्न थालका छन।

झरनाले लकडाउनको समयदेखि नै सामाजिक सञ्जालमा चर्चा पाउन थालेको थियो। यसपछि देशका विभिन्न स्थानबाट मानिसहरु आउन क्रम बढ्न थाल्यो।पछिल्लो समय झरनामा पुगेर फोटो,भिडियो लिनेदेखि टिकटक बनाउन चाहने युवायुवतिहरु कोरोना कहरलाई विर्सँदै यहाँ आउन थालेका छन। ‘ २ महिनादेखि झरनामा घुम्न आउनेहरु एक्कासी बढेका छन।’काफलडाँडाकी स्थानीय बाटुलि मगर भन्छिन।   

अहिले राजधानी काठमाडौं लगायत देशका विभिन्न भागबाट यहाँ आएको प्रमाण सामाजिक सञ्जालमा राख्ने प्रतिस्पर्धा नै चल्न थालेको देखिन्छ। अद्भुत झरनाको तस्विर र भिडियो अहिले सामाजिक संजालमा भाईरल बन्दै गएका छन। पछिल्लो समय झरना अवलोकन गर्न जानेहरुको भीड बढेको छ भने सोधखोज गर्ने  र भ्रमण गर्न चाहनेको संख्या समेत बढ्दै गएको छ।

करिव ३ सय मिटर उचाइको यो झरनामा दैवि शक्ति रहेको स्थानीयको विश्वास छ। स्थानीय बल वहादुर जर्गा मगर आफूहरुले तीनधारे छाँगोको रुपमा चिन्ने गरेको बताँउछन। ‘अहिले त बाहुबलि कि के नाम लिएर खोज्दै आँउछन।।’मगर सुनाँउछन। त्यस्तै अर्का स्थानीय ८३ बर्षका मान वहादुर जर्गा मगर झरनामा रातको समयमा बत्ति बल्ने गरेको सुनाँउछन। ‘झलल बल्थ्यो रे ‘मणी’ छ भन्छन। यो झरना मात्र हेन तिर्थस्थल पनि हो।’ मान वहादुर भन्छन।

वडाको भनाई अनुसार हिजोआज सरदर ५ सय भन्दा बढि मोटरसाईकल र सुमो गाडिमा १५ सय बढी मानिसहरु आउने गरेका छन। झरनाको प्रचारमा सक्रिय काभे्रका यूवा नेता सागर रायमाझि झरनाको चर्चासँगै पर्यटकिय हवको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणको आवश्यकता बढेको र यसमा आवश्यक पहल भईरहेको बताँउछन।

झरनामा पुग्न धुलिखेलबाट नमोबुद्ध,दाप्चा हुँदै अधिकांश कच्चि सडक मार्फत यात्रा तय गर्नुपर्ने हुन्छ। प्छिल्लो समय यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट लगायतका पूर्वाधार निर्माणले तिव्रता लिन थालेको छ। यो क्षेत्रमा  २ सय मिटर माथिका महावीर झरना,रानी हाम फालेको झरना लगायतका झरना समेत छन।

वडा नम्वर २ का वडा अध्यक्ष पोते लामा गाँउपालिकाले एक बर्षदेखि झरनाबारे प्रचार गरेको बताँउछन। ‘ड्रोन समेतको प्रयागबाट फोटो,भिडियो बनाएर प्रचार गर्दै आएका छौँ।’ कोरोना पछिको अबश्थामा भ्रमण गर्न आउने स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न उनको अनुमान छ। यससँगै नयाँ योजनाबार छलफल सुरु गरिएको उने जानकारी दिए। वडाले यस आर्थिक बर्षमा झरना जाने सिँढी बनाउन र रेलिङ हाल्न ५ लाख बजेट विनियाजन गरेको उनको भनाई छ। 

 

असोज १, २०७७ बिहीबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।