बुबाको किरियामा छोरी

बुबाको किरियामा छोरी
बुबाको किरिया बसेकी एलिसा परियार।

बुबा कमल परियारको मृत्यु भएपछि जेठो सन्तानको रुपमा रहेकी एलिसाले काजकिरिया गरेकी हुन्।

जन्मदिन मनाउने क्रममा भदौं २२ गते घरको छतबाट लडेर घाईते भएका ३० वर्षीय कमलको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।

उनको परिवार दाङको तुलसीपुर उपमहानगरपालिका ५, सम्झना टोलमा बस्दै आएका छन्।  एलिसा ६ कक्षामा अध्ययनरत छन्। उनका दाजुभाई छैनन्। जसको कारण उनी आफै बुबाको काजकिरिया गर्न अग्रसर भएकी हुन्।

छोराले मात्र काजकिरिया गर्नुपर्ने संकिर्ण सोचले ग्रस्त भएको समाजमा छोरीले पनि काजकिरिया थालेका छन्।

छोराले मात्र काजकिरिया गर्ने चलनको अन्त्य गर्दै छोरी पनि छोरा सरह नै हुन भन्ने सन्देश यसले प्रवाह गरेको छ। 

बुवाको छोराछोरीप्रतिको समान व्यवहार गर्ने सपना साकार पार्न आफु किरिया बसेको एलिसाले बताईन्। 

समाजका लागि छोरीले पनि काजकिरिया गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको उनले सुनाइन्।

बहिनी एलिजा र आमाको सहारा बन्न र पढाइको यात्रा नरोकिनका लागि आफ्नो परिवारलाई सहयोग गरिदिन उनले सबैमा अनुरोध गरिन्। 

एलिसाको परियारमा ६५ वर्षीया बृद्धा हजुरआमा, आमा र एक बहिनी मात्र छन्। कमल सिलाई कटाईमा मजदुर गर्थे। 

बुबाको मृत्यु पछि एजिसाको सपनामा कालो बादल त आयो तर, उनी समाजमा रहेको कुरीति र अन्धविश्वास चिर्न भने समाजकै ऐना बनेकी छिन्।

कमलको उपचारमा सल्यानका संघिय सांसद टेकबहादुर बस्नेत, नेपाली काँग्रेस जिल्ला कमिटी सल्यानका सचिव प्रकाश भण्डारी, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ सल्यानलगायतले सहयोग गरेका थिए।

‘श्रीमानको उपचारमा सबै सम्पत्ति सकियो। अब कसरी दुई छोरीहरु पाल्ने ?’ पूजाले भनिन््,‘छोरीहरुको लालनपालन र शिक्षादिक्षाको लागि केही व्यवसाय गर्न पाए बाँच्ने आधार हुने थियो।’
 

असोज १, २०७७ बिहीबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।