गायिका मधुको आरोप : ससुराले मलाई र छोरीलाई यौन दुर्व्यवहार गरे, श्रीमानले दिनरात कुटे

गायिका मधुको आरोप : ससुराले मलाई र छोरीलाई यौन दुर्व्यवहार गरे, श्रीमानले दिनरात कुटे

काठमाडौं : तीन वर्षअघिको हरितालिका तीजमा जताततै घन्किएको गीत थियो ‘सोचेझैं जिन्दगी रैनछ।’ यो गीत अहिले पनि सामाजिक सञ्जाल तथा विभिन्न कार्यक्रममा बज्दै आएको छ नै। यही बोलको गीतबाट स्रोता तथा दर्शकमाझ चर्चामा आएकी गायिका मधु क्षेत्रीको निजी जीवनमा पनि गीतले भनेजस्तै भइरहेको छ। 

उनको गीतमा मात्रै होइन व्यक्तिगत जीवनमा पनि उनको जीवन सोचेझैं चलिरहेको देखिएन। पहिलो श्रीमानसँग डिभोर्स भएपछि अष्ट्रेलियावासी सुरेश खड्कासँग दोस्रो विवाह गरेकी थिइन् उनले। करिब दुई वर्षअघि खड्कासँग कोर्ट म्यारिज गरेर उतै हुँइकिएकी उनी अन्तर्वार्ताहरूमा विवाहपश्चात खुशी भएको जस्तो देखिन्थिन्। तर, उनको त्यो खुसी क्षणिक रहेको देखियो। नेपाल छाडेर अष्ट्रेलिया पुगेकी मधुको दोस्रो वैवाहिक जीवनै संकटमा परेको देखियो।

आफ्नो सांगीतिक करिअरलाई बिट मार्दै अष्ट्रेलिया पुगेकी मधुले आफूलाई श्रीमानले दिनरात कुट्ने गरेको सामाजिक सञ्जालबाट सार्वजनिक गरिन्। अष्ट्रेलियामा श्रीमानका बुबा (ससुरा)ले पटकपटक यौन दुर्व्यवहार गर्ने गरेको समेत बताइन्।

टिकटक लाइभबाट आफ्नी छोरीलाई ससुराले पटक-पटक दुर्व्यवहार गरेको, स्तन मुसारेको लगायतका विषयमा श्रीमानलाई सुनाउँदा उल्टै आफूलाई तथानाम गाली गरेर कुटपिट गरेको आरोप लगाइन्।  

रुँदै टिकटक लाइभमा बसेकी मधुले अब दोस्रो श्रीमानसँग पनि बस्नै नसक्ने अवस्थामा पुगेको बताइन्। उनले यसबारेमा आफू  निटकलाई लामो म्यासेज समेत पठाएकी छन्। उनका अनुसार अहिले छोरीलाई लिएर सुटुक्क घरबाट निस्किएर रेस्क्यू सेन्टरमा आश्रय लिएर आमाछोरी बस्दै आएका छन्। 

गर्भवती समेत रहेकी मधुले अहिले श्रीमानका अलावा ससुराबाट समेत यातना भोगिरहेको बताएकी छिन्।  

असार ३, २०८१ मंगलबार १८:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।