किन भयो तेजस्वी र करणको ब्रेकअप !

किन भयो तेजस्वी र करणको ब्रेकअप !

एजेन्सी : रियालिटी शो ‘बिग बोस १५’बाट नजिकिएका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजन उद्योगमा रुचाइएका जोडीमा पर्छन्।

समय समयमा उनीहरुको ब्रेकअप भएको खबर आइरहन्छ। त्यसलाई उनका फ्यानहरुले खासै गम्भीर रुपमा लिँदैनन्। तर, यसपटक भने उनीहरुको ब्रेकअपको खबरले निकै चर्चा पाएको छ।

हालैमात्र करणको ट्विटरमा एक भिडियो पोस्ट भएको छ। जहाँ तेजस्वी र करणको ब्रेकअप हुने कारण बताइएको छ। 

‘प्रोडक्सन हाउसको निकट एक कर्मचारीका अनुसार तेजस्वी र करणबीच निकै तनाव छ। उनीहरूबीच ब्रेकअप हुने धेरै कारण छन्। करण र तेजस्वीको व्यक्तित्वमा धेरै समस्या छ। उनीहरू एकअर्काप्रति असुरक्षित महसुस गरिरहेका छन्। करण महिला साथीहरूसँग नजिकिएको तेजस्वी मनपराउदिनन्। दुवैको फ्यान-फलोइङ धेरै छन्। त्यसकारण उनीहरू आफूहरूको ब्रेकअपको बारेमा केही बताउन चाहिरहेका छैनन्। उनीहरू आफूहरू ट्रोलिङमा नपर्न र कैयौं व्यावसायिक सम्झौता नटुटोस् भनेर ब्रेकअपको खबर लुकाइरहेका छन्’, भिडियोको क्याप्सनमा लेखिएको छ।

करण र तेजस्वीको ब्रेकअपको खबर सार्वजनिक भएपछि फ्यानहरुले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन्। 

असार २, २०८१ सोमबार १४:४०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।